Kath khabar
आज विश्व मुटु दिवस

 

                   काठमाडौं, असोज १२ ।  आज विश्व मुटु दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।

विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य सङ्गठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आइतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थाले पनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ । पछिल्लो समय मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

नेपालमा अहिले झण्डै २६ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटु रोग पाइएको छ ।  सरकारी तथ्याङ्क अनुसार झण्डै ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप छ । २० प्रतिशतलाई कोलेस्टेरोल छ । १० प्रतिशतलाई मधुमेह छ ।

आधुनिक जीवनशैली, अस्वस्थ खानपान र अल्छिपनाका कारण मुटु रोगको जोखिम बढिरहेको मुटु रोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले बताउनुभयो । जाँडरक्सी, सुर्ती चुरोट नखाए तथा चिल्लो, पिरो बोसो, भुटेका, तारेका खानेकुरा नखाए मुटु रोगबाट बच्न सकिन्छ ।

यस्तै,  सकभर मासु कम खाने, सागपात धेरै खाने र दैनिक शारीरिक व्यायाम गर्ने हो भने मुटु रोगबाट बच्ने सकिने मुटु रोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले बताउनु भएको छ ।

तपाईको मुटुलाई स्वस्थ राख्नको लागि छ सुझावहरू पालना गर्नुहोस्
– स्वस्थ मुटुका लागि सन्तुलित आहार लिनुहोस् । यसमा कार्बोहाइड्रेट, प्रोटिन र नुनको मात्रा सन्तुलित हुनुपर्छ। धेरै नुन खाँदा रक्तचाप बढ्छ, जसले पछि हृदय रोग निम्त्याउँछ।

– शरीरको तौललाई सन्तुलित राख्न पनि महत्त्वपूर्ण छ। कुनै पनि प्रकारको हल्का व्यायाम गर्नाले मुटुसँग सम्बन्धित रोगहरू कम गर्न मद्दत गर्दछ।

– यदि कसैलाई धुम्रपान गर्ने वा अत्याधिक मदिरा सेवन गर्ने बानी छ भने उसले तुरुन्तै छोड्नुपर्छ । यी चीजहरूको सेवनले मुटुको स्वास्थ्यमा नराम्रो प्रभाव पार्छ र हृदयघातको जोखिम बढाउँछ।

– मुटुसम्बन्धी रोग प्रायः तनावका कारण हुने भएकाले जीवनप्रति राम्रो दृष्टिकोण राख्नुपर्छ । तनावमुक्त जीवन जिउनुभयो भने मुटु स्वस्थ रहन्छ र रोगको जोखिम पनि कम हुन्छ ।

 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update