Kath khabar
मोटोपन घटाउन दौडने, पौडने कि साइकल चलाउने ?

काठमाडौं, असार ९ । मोटोपनका कारण मानव स्वास्थ्यमा प्रतिकुल असरहरु देखिन थालेपछि संसारभर मोटोपन घटाउने उपायहरुको खोजी तथा अभ्यास भइरहेका छन् । हरेक सँस्कृतिभित्र रहेका अनेकौं अभ्यासहरुको  समेत अहिले पुर्नजागरण भइरहेको छ ।

पूर्विय दर्शनको योग, ध्यान तथा तपस्याका बारेमा पनि खोजी तथा प्रचार प्रसार भइरहेका छन् । विभिन्न आर्युवेदिक एवं एलोपेथिक औषधिहरु प्रयोगमा ल्याइएको छ । पोषणविद्हरु मोटोपन घटाउन खाद्य सामाग्रीको उपयोगका तरीका बताइरहेका छन् ।

साइकल चलाउने, दौड र पौडीबाट मोटोपन घटाउन युवायुवती लागिरहेका छन् । ‘मर्निङ वाक’ तथा ‘इभिनिङ वाक’ मा सबै उमेरका महिला पुरुस गफिंदै हिडेको देखिन्छ । सडकमा साइकिल कुदाउने तथा दौडनेमा युवाहरुको बर्चस्व देखिन्छ । आजकल नदी खोला तथा पोखरीका साथै शहरका स्वीमिङ पुलहरुमा पौडनेको संख्या पनि बढीरहेको छ ।

एरोबिक वर्गका साइकल चलाउने, दौड र पौडी जस्ता कसरतहरुले शरीरको मोटोपन घटाउन तथा फिटनेस राख्न सहयोग पुराउँछ । मुटु रोगी तथा स्वस्थ मुटुका लागि यी तीन प्रकारका कसरतहरु लाभदायक छन् । यी कसरतहरुका कारण मुटुले रगत राम्ररी पंम्प गरी शरीरका सबै भागमा अक्सिजन प्रबाह गर्दछ ।

धेरै मानिसको रोजाइमा पर्ने कसरतमा दौड पर्दछ । खास गरेर विहान साँझ दौडनेको संख्या अत्यधिक देखिन्छ । सस्तो तथा सरल कसरतमा यो पर्दछ । सामान्यत सबै मौसम तथा स्थानमा दौडन सकिन्छ । विहान खालि पेटमा दौडदा शरीरलाई फाइदा पुग्दछ ।

तौल घटाउन पौडी सबैभन्दा राम्रो कसरत हो तर स्वीमिङ सबै स्थान र मौसममा अनुकुल हुदैन । शरीरले अत्यधिक क्यालोरी खर्च गर्नुपर्ने यो कसरतले शरीरलाई फिटनेस राख्न सहयोग पुर्‍याउँछ । पौडन नआउनेलाई यो कसरतले दुर्घटना निम्ताउने हुँदा सजग भने रहनुपर्दछ ।

साइकल चलाउने पनि आकर्षक कसरत हो । तर, साइकल कुदाउन पनि मौसम अनुकुल हुनुपर्दछ । अत्यधिक चिसो तथा गर्मी, हुरी बतास र झरीमा यो कसरत संभव छैन । साइकल तथा सडक दुबै आवश्यक पर्ने यो कसरतले खट्टाका मसल्स् बनाउन सहयोग पुर्‍याउँछ ।

पौडी खेल्दा गर्दा सबैभन्दा बढी क्यालोरी आवश्यक हुन्छ । आधा घण्टा पौड्दा चार सय देखि चार सय पचास क्यालोरी शक्ति शरीरले खर्च गर्नु पर्दछ तर आधा घण्टा साइकल चलाउँदा तीन सयदेखि तीन सय पचाँस क्यालोरी भए पुग्छ । क्यालोरी खर्च समयका साथै कसरतका गतिमा पनि भर पर्दछ ।

प्रकाशित मिति: बुधबार, असार ९, २०७८  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update