Kath khabar
अविरल वर्षाका कारण हेटौँडाबाट काठमाडौं जोड्ने सडकखण्ड अवरुद्ध


               काठमाडौं, असोज १७ ।  गएराति देखी परेको वर्षासँगै आएको पहिरोका कारण  हेटौँडाबाट काठमाडौं जोड्ने दुईवटा सडकखण्डमा आज बिहानैबाट यातायात अवरुद्ध भएका छन् । 

पहिरोका कारण हेटौँडाबाट काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्ड अन्तर्गत ललितपुर जिल्लाको भट्टेडाँडामा पहिरो जाँदा आज बिहानै देखि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । 

यसैगरी, पहिरोका कारण कुलेखानी सिस्नेरी सडकखण्ड अन्तर्गत विभिन्न स्थानमा पहिरो जाँदा आज बिहानै देखि यातायात अवरुद्ध भएको छ । ती दुवै सडकखण्डमा गएको पहिरो आज अपराह्नमा हटाई यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए । उक्त सडकखण्ड हुँदै चल्ने सवारी साधन वैकल्पिक सडकबाट सञ्चालन गर्न प्रहरी नायब उपरीक्षक भण्डारीले आग्रह  गरेका छन् । 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update