Kath Khabar
पल र प्रकृति आठ वर्षपछि ‘को होला त्यो’ को फिमेल भर्सन मार्फत एउटै पर्दामा

काठमाडौं, असार ९ । लोकप्रिय लोकपप गायक सुनिल गिरीको ‘को होला त्यो’ बोलको गीतको फिमेल भर्सनको भिडियो रिलिज गरिएको छ । जसमा पछिल्लो पुस्ताकी चर्चित गायिका अस्मिता अधिकारीको स्वर रहेको छ ।  

सार्वजनिक गीतमा गायक गिरीको शब्द र संगीत रहेको छ भने एरेन्ज गोपाल रसाइलीको रहेको छ । निषेधाज्ञा अगाडी कालिन्चोक, चरिकोट मुडे, लगायतका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा लोकप्रिय नायक तथा मोडल पल शाह र नायिका तथा मोडल प्रकृति श्रेष्ठकै अभिनय देख्न सकिन्छ ।

गायक गिरीले आठ वर्ष अगाडि पल र प्रकृतिलाई नै लिएर को होला त्यो बोलको गीत बजारमा ल्याउनुभएको थियो । जुन गीतले नेपाली सांगीतिक क्षेत्रमा ठूलो चर्चा कमाएको थियो । आठ वर्षपछि सोही टिम दोहोरीएको भिडियोले दर्शकलाई भरपुर मनोरञ्जन दिने विश्वास गायक गिरीले गर्नुभएको छ ।

अनिल कृष्ण मानन्धरको छायांकन र निर्देशन रहेको भिडियोको सम्पादन र कलरिगं मनोज कार्कीले गर्नुभएको हो । गायक गिरीकै अफिसियल युट्युब च्यानल मार्फत बजारमा ल्याइएको भिडियोलाई कृपा सनफ्लावर तेलले प्रायोजन गरेको हो ।

सार्वजनिक गीतमा उत्कृष्ट टिकटक बनाउनेलाई २५ हजार नगर उपलब्ध गराइने गायक गिरीले जानकारी दिनुभयो । टिकटकमा आएको सर्वाधिक भ्यूज, लाइक कमेन्टका आधारमा पुरस्कृत गरिने निर्माण यूनिटले जानकारी दिएको छ ।

भिडियो लिंक
https://www.youtube.com/watch?v=vrABQsH1zzs

 

 

प्रकाशित मिति: बुधबार, असार ९, २०७८  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update