
काठमाडौं असार ९ । अनलाइन नेपाली रमाइलो जोक्स प्रतियोगिताको सेमिफाइनलको नतिजा बाहिरिएको छ । जसमा झापाका मनिष आचार्य, काठमाडौंका सुलव भट्टराई, लुम्बिनीका निश्चल अर्याल र ललितपुरका महेश खनालले फाइनलमा प्रतिस्पर्धा गर्ने निर्देशक कमल राईले जानकारी दिनुभयो । रिदम स्क्रिनका निर्देशक राईका अनुसार यो साता काठमाडौंका सुलव भट्टराईले उत्कृष्ट प्रस्तुति दिँदै बेस्ट पर्फमर अफ द विक बन्न सफल हुुनुभएको छ ।
जुलाईमा फाइनल हुने यस प्रतियोगिताका निर्णायकहरुमा बुद्धि तामाङ (हैट), अमेरिकमा रहेका अभिनेता भानु तिवारी र सिक्किममा रहेका दिलिप गुरुङ रहनुुभएको छ । यसैबिच रिदम स्क्रिनले अनलाइन नेपाली रमाइलो जोक्स प्रतियोगिताको भिडियो लाइक शेयर कमेन्ट गर्ने दर्शकहरुलाई समर्थकका रुपमा पुरस्कृत गर्दै आएको छ ।
निर्देशक राईका अनुसार प्रथम, द्धित्तीय र तृतीय हुनेलाई क्रमश तीन लाख, दुई लाख र एक लाख नगद उपलब्ध गराइनेछ । त्यस्तै चौथो हुनेलाई पनि सान्त्वना स्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराइने आयोजकले जनाएको छ । कोरोनाको समयमा विश्वनै लकडाउनले थलिएका बेला संसारभर रहेका नेपालीहरुलाई थोरै भएपनि मनोरञ्जन होस् भन्ने हिसाबले यो रमाइलो मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको निर्देशक राईले बताउनुभयो ।
भिडियो लिंक
https://www.youtube.com/watch?v=5e2n7jH1J1g