Kath khabar
बिपी प्रतिष्ठानका ५५ चिकित्सकहरू आन्दोलन गर्न काठमाडौंमा 

 

                  काठमाडौं, असोज २३ ।  लामो समय देखि रोकिएको बढुवा प्रक्रिया शुरु गर्ने सहमति कार्यान्वयन नभएको भन्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरू आन्दोलन गर्न काठमाडौं लागेका छन् । चिकित्सकहरू काठमाडौं लागेपछि प्रतिष्ठानमा उपचारका लागि पुगेका बिरामीको बिचल्ली भएको छ । यसअघि चिकित्सकहरूसँग प्रतिष्ठानले गत २४ भदौमा एक महिना भित्र बढुवा प्रक्रिया शुरु गर्ने सहमति गरेको थियो ।

तर, सहमति कार्यान्वयन हुने अवस्था नदेखिएको भन्दै चिकित्सक कल्याण समाजको नेतृत्वमा सिनियर रेजिडेन्ट, एसिस्टेन्ट प्रोफेसर, एसोसिएट प्रोफेसर र एडिसन प्रोफेसर गरी ५५ जना चिकित्सकहरू काठमाडौं प्रस्थान गरेका हुन् । 

प्रतिष्ठानका चिकित्सकहरूले २३ असोजसम्म माग पूरा नभए उपकुलपति र सहकुलपतिलाई राजीनामा बुझाउने चिकित्सक कल्याण समाजले जनाएको छ । समाजका अधयक्ष डा. सेराज अहमद खानले भने, ‘नियमित रूपमा हुनपर्ने बढुवा ७ वर्ष देखि रोकिएको छ, जसकारण सबैभन्दा बढी मार हामीलाई परेको छ ।’

चिकित्सकहरूले २३ देखि २५ असोजसम्म स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा धर्ना दिने, २६ असोजसम्म आन्तरिक बढुवाका लागि रोकिएको अन्तर्वार्ता शुरु नगरे सामूहिक राजीनामा दिने समाजका अध्यक्ष खानले बताए ।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update