Kath khabar
काठमाडौंका यी ३ सडकमा आजदेखि वान-वे


                   काठमाडौं, कात्तिक १ । काठमाडौं महानगरभित्रका विभिन्न स्थानका तीन सडकहरू आजदेखि एकतर्फी (वान- वे) सञ्चालन हुने भएका छन् ।  

काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै आज कात्तिक १ गतेदेखि लागू हुने गरी त्रिपुरेश्वर, कमलादी र दरवारमार्ग सडक खण्डलाई एकतर्फी बनाइएको जानकारी दिएको हो ।

अब महानगरको वडा नं ११ त्रिपुरेश्वर मूल सडक खण्डको दक्षिणतर्फ त्रिपुरेश्वरबाट गुसिंगाल- सेतोपुल-मिलन मार्गतर्फ जान मात्र पाइने छ ।

यस्तै वडा नं २८ पुतलीसडक, मूलसडक खण्डको पश्चिमतर्फ कमलादी मोडबाट घण्टाघरतर्फ जान मात्र पाउनेछ भने वडा नं १ र २८ मा पर्ने दरवार मार्ग मूल सडकको पूर्वतर्फ महेन्द्र सालिकदेखि कृष्ण पाउरोटी चोक (कमल पोखरी) सम्म जान मात्र पाइने महानगरपालिकाले जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update