Kath khabar
सौन्दर्यका प्रशाधन प्रयोग नगर्न र चाउचाउ नखान स्वास्थ्य मन्त्रालयको अनुरोध

 

                      काठमाडौं, कात्तिक १५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लेडको प्रयोगलाई निरुत्साहित गर्न प्रयत्नरत रहेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

मन्त्रालयले सौन्दर्यका प्रशाधनहरू (लिपस्टिक, काजल), खानेकुरा (चाउचाउ), रंगरोगन (पेन्ट्स) रंगीचंगी खेलौनाहरु तथा आयुर्वेदिक औषधि आदिमा सिसा (लेड) को मात्रा अत्याधिक पाउने सम्भाव्य स्रोतको रूपमा औँल्याउँदै उक्त वस्तुहरु प्रयोग नगर्न अनुरोध गरेको छ ।

सिसा (लेड) को विषयबाट बचावटका लागि अन्तर्राष्ट्रिय सचेतना समूह नेपालमा “बाल्यकालमा हुने सिसा (लेड) को विषाक्तता अन्त्य गरौं” भन्ने नारासहित विभिन्न कार्यक्रम गरि मनाएको छ । उक्त अवसरमा स्वास्थ्य मन्त्रालयले आयुर्वेदिक औषधिमा समेत लेडको मात्रा अत्याधिक पाइने भएकाले सेवन नगर्न चेतावनी दिईएको हो ।

 

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update