Kath khabar
आजदेखि सरकारी कार्यालय ४ बजेसम्म मात्रै खुल्ने


                      काठमाडौं, कात्तिक १६ । आज देखि सरकारी कार्यालयहरु अपरान्ह ४ बजे नै बन्द हुने भएका छन् । सरकारले कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरू बिहान १० देखि अपरान्ह ४ बजेसम्म मात्रै सञ्चालनको समय तय गरेको हो ।

आजदेखि सरकारी कार्यालयहरु बिहान १० बजे खुल्ने र अपराह्न ४ बजे नै बन्द हुनेछन् ।  यस अघि सरकारी कार्यालयहरू बिहान १० बजे खुल्ने र बेलुका ५ बजे बन्द हुँदै आएको थियो । जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले वर्षका ३ महिना कार्यालय समय ६ घन्टा मात्रै तोकेको छ।
 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update