Kath khabar
भाले मुसाबाट बच्चा जन्माउन सफल, विज्ञानको नयाँ चमत्कार !

चिन, असार ११ । प्रकृतिले भाले र पोथीलाई आ-आफ्नो जिम्मेवारी र विशेषता दिएको छ तर विज्ञानले प्रकृतिका ति नियमलार्ई अझ सुक्ष्म अध्ययन गरी नयाँ नयाँ रहस्य खुलाउदै आएको छ । चिनका वैज्ञानिकको नयाँ खोजले बच्चा जन्माउन पोथीको शरीर जत्तिकै भालेको शरीर पनि  सक्षम रहेको पुष्टि गरेको छ । लामो समय अध्ययन अनुसन्धान गरी चिनका वैज्ञानिकले भालेको शरीरमा पनि गर्भधारण गराइ बच्चा जन्माउन सफल भएका छन् ।

चिनले आर्थिक तथा बैज्ञानिक दुबै क्षेत्रमा संसारलाई चकित बनाउदैछ । चिनले ब्यापार व्यवसायसँगै विज्ञानको क्षेत्रमा पनि चमत्कार गर्ने कोशीस गरेको छ । चिनको ब्यापारीक केन्द्र शांघाईको नोभेल मेडिकल यूनिभर्सिटीका शोधकर्ताले भाले मुसालाई गर्भधारण गराई अभुतपूर्व सफलता हासिल गरेका छन् ।

‘द सन’ मा प्रकाशित रिपोर्ट अनुसार चिनका वैज्ञानिकले भाले मुसामा पोथी मुसाको पाठेघर प्रत्यारोपण गरी गर्भधारण गराएका थिए । सामान्य पोथीलाई जस्तै  एक्काइस दिन गर्भभारण गराई अप्रेसन गरी भाले मुसाबाट बच्चा जन्माइएको थियो । वैज्ञानिकहरुका अनुसार अन्य सामान्य मुसाका बच्चा जस्तै भालेबाट जन्माइएका मुसा पनि स्वस्थ हुनुका साथै पुरा आयु बाँचेका थिए ।

उक्त रिपोर्टमा चिनका वैज्ञानिकले यो एउटा मोडेलको रुपमा परिक्षण गरी सफल भएको र अरु स्तनधारी प्राणीका भालेमा पनि यस प्रकारले भ्रुणको विकास गर्न सकिने दाबी गरेका छन् । चिनिया वैज्ञानिकले यो सफलताले जिव विज्ञानको खोज अनुसन्धानमा महत्वपूर्ण योगदान गर्ने विश्वास ब्यक्त गरेका छन् ।

तर अमेरिकी पशुअधिकारबादी संस्था पुपिल फर द इथिकल ट्रिटमेंट अफ एनिमल्स (पेटा) की  बरिष्ठ निति सल्लाहकार एमिली मैकवरले मुसालाई फोहोरमा फालिएको बस्तु जस्तै प्रयोग गरी उसको प्राकृतिक अधिकार हनन् गरेको भन्दै चिनियाँ कदमको आलोचना गर्नूभएको छ । साथै उनले चिनियाँहरुको यो खोजले सामान्य चासो बढाएपनि मानव प्रजनन प्रणालीमा यस अनुसन्धानले खासै योगदान नगर्ने बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update