Kath khabar
नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणको उद्घाटनका लागि डिडियर ड्रोग्बा नेपाल आउँदै

 

                  काठमाडौं, कात्तिक २४ ।  चेल्सीका लिजेन्ड खेलाडी डिडियर ड्रोग्बा दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उद्घाटनका लागि नेपाल आउने भएका छन् । आइभोरी कोस्टका पूर्वकप्तान रहेका ड्रोग्बा नेपाल आउने र प्रतियोगिता उद्घाटन गर्ने जानकारी बिहीबार आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले दिएको हो ।

उनको नाममा रहेको डिडियर ड्रोग्बा फाउन्डेसन र एनएसएल मिलेर हालै जाजरकोटमा भएको भूकम्प पिडितका लागि २० लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषलाई प्रदान गर्ने पनि जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘डिडियर ड्रोग्बा फाउन्डेसन र एनएसएलबीचको प्रयासले खेलकुद र खाँचोमा परेकालाई सहयोग गर्न एकजुट भएको उदाहरणका रूपमा काम गर्छ ।’

एनएसएलको दोस्रो संस्करण मंसिर ९ देखि हुनेछ । पुस २१ सम्म चल्ने प्रतियोगितामा कुल ९ टिमको सहभागिता रहनेछ । ड्रोग्बा चेल्सीका सर्वाधिक गोल गर्ने विदेशी खेलाडी हुन् । दुईपल्ट अफ्रिकी वर्ष खेलाडी घोषित ड्रोग्बाले चेल्सीबाट कुल १ सय ४ गोल गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update