Kath khabar
अर्जेन्टिना र ब्राजिल विश्वकप छनोटमा पराजित

 

                 काठमाडौं, मंसिर १ ।  फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा पूर्वविजेता अर्जेन्टिना र ब्राजिल पराजित भएका छन् ।

आज शुक्रवार बिहान घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिना उरुग्वेसँग २-० गोलले पराजित भयो । उरुग्वेका लागि रोनाल्ड अराउजोले खेलको ४१ र डार्विन नुजेजले ८७ मिनेटमा गोल गरे ।

उरुग्वेसँग हारे पनि अर्जेन्टिना ५ खेलमा १२ अङ्क सहित तालिकाको शीर्ष स्थानमा छ । उरुग्वे उति नै खेलमा १० अङ्क सहित दोस्रो स्थानमा उक्लिएको छ ।

यस्तै आजै बिहान घरेलु मैदानमा भएको खेलमा ब्राजिल कोलम्बियासँग २-१ गोलले पराजित भयो । ब्राजिलले शुरुवाती गोल गर्दै अग्रता लिए पनि कोलम्बियाले उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्यो । कोलम्बियाका लागि लुइस डियाजले खेलको ७५ र ७९ मिनेटमा गोल गरे । ब्राजिलका लागि खेलको ४ मिनेटमा गब्रेल मार्टीनेली गोल गरे ।

ब्राजिल ५ खेलमा ७ अङ्क सहित पाँचौँ स्थानमा छ । कोलम्बिया उति नै खेलमा ९ अङ्क सहित तेस्रो स्थानमा उक्लिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update