Kath khabar
एकदिवसीय विश्व कप क्रिकेटको उपाधिका लागि अहमदाबादमा आज भारत र अस्ट्रेलिया खेल्दै

 

                  अहमदाबाद, मंसिर ३ ।  एकदिवसीय विश्व कप क्रिकेटको फाइनलमा आज भारत र अस्ट्रेलिया खेल्दैछन् ।

फाइनल खेल दिउँसो सवा २ बजे नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा शुरु हुँदैछ । भारतले न्युजिल्यान्डलाई र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनल यात्रा पूरा गरेका हुन् ।

८ पटकसम्म फाइनल खेलेको अस्ट्रेलियाले अहिलेसम्म ५ पटक विश्व कप जितेको छ । ४ पटक फाइनल खेलेको भारतले २ पटक मात्रै उपाधि जितेको छ ।

विश्व कपको फाइनलमा २ देश बीच सन् २००३ मा मात्रै खेल भएको थियो । त्यो खेल अस्ट्रेलियाले जितेको थियो । जारी विश्व कपमा भारत अहिलेसम्म अपराजित रहेको छ ।

अस्ट्रेलिया भने समूह चरणमा भारत र दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।
 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update