Kath khabar
आयरल्यान्डलाई हराउँदै नेदरल्यान्ड्स युरोकपमा छनोट

 

                 काठमाडौं, मंसिर ३ ।  नेदरल्यान्ड्स युरोकप २०२४ का लागि छनोट भएको छ । गएराति भएको खेलमा आयरल्यान्डलाई १-० गोलले हराउँदै नेदरल्यान्ड्सले युरोकपमा स्थान पक्का गरेको हो ।

नेदरल्यान्ड्सका लागि वोउट वेगरहस्टले १ गोल गरे । यो जितसँगै नेदरल्यान्ड्सले ७ खेलबाट १५ अङ्क बनाएको छ भने पराजित भएको आयरल्यान्डको ६ अङ्क छ ।

यसै बीच युरो कप छनोट अन्तर्गत फ्रान्सले एकै खेलमा १४ गोल गरेको छ ।

गएराति भएको खेलमा फ्रान्सले जिब्राल्टरलाई १४-० गोलले हरायो । केलियन एमबाप्पेले ३ र ओलिभर गिरोड र किङ्सली कोम्यानले समान २ गोल गरे । जिब्राल्टरका इथान सान्तोसले तेस्रो मिनेटमा आत्मघाती गोल गरे भने १८ औँ मिनेटमा रातो कार्ड पाएर बाहिरिए ।  

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update