Kath khabar
बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली

 

                    काठमाडौं, मंसिर ५ । बीबीसीले सन् २०२३ का विश्वका प्रभावशाली १०० महिलाको सूचीमा नेपालकी पारलैंगिक महिला (ट्रान्सजेन्डर वुमन) रुक्साना कपाली  परेकी छन् ।

ट्रान्सजेन्डर मानवअधिकार कार्यकर्ता रुक्साना नेपालमा एलजीबीटीक्यूं समुदायको कानुनी तथा संवैधानिक अधिकारको क्षेत्रमा सक्रिय रहेकाले उनलाई प्रभावशाली महिलाको सूचीमा राखेको बीबीसीले स्पष्ट पारेको छ ।

कानूनकी विद्यार्थी उनले हाल नेपालमा एलजीबीटी प्लस समूहको लागि कानूनी र संवैधानिक अधिकार स्थापित गर्न सक्रियता जनाउँदै आएकी हुन् ।

यसअघि बीबीसीले सन् २०२० मा प्रभावशाली महिलाको सूचीमा नेपालकी बेवारिसे शवहरुको व्यवस्थापन गर्दै आएकी सपना रोका मगरलाई समावेश गरेको थियो । 

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update