Kath khabar
रत्नपार्क-सूर्यविनायक द्रुत बस सेवा फेरि सञ्चालनमा


                   काठमाडौं, मंसिर १० । रत्नपार्क-सूर्यविनायक द्रुत बस सेवा फेरि सञ्चालनमा आउँदैछ । भक्तपुरको  सुर्यविनायक काठमाडौंको रत्नपार्क रुटमा एक महिनामात्र मात्र चलेर स्थगित गरिएको द्रुत बस सेवा आजदेखि थप ११ वटा बस थपेर सञ्चालनमा आउन लागेको हो ।

यसअघि सञ्चालनमा रहेका २५ वटा र थपिएका ११ गरी ३६ वटा द्रुत बस सञ्चालनमा आउने छन् । आज बिहान साढे ८ बजेदेखि सूर्यविनायकबाट बस चल्नेछ ।

बिहान साढे ८ बजेदेखि साढे १० बजेसम्म ३/३ मिनेटको फरकमा सूर्यविनायकबाट बस छुट्नेछन् । दिउँसो साढे ३ बजेदेखि साढे ५ बजेसम्म रत्नपार्कदेखि बस छुट्नेछ । द्रुत बस पुनः सञ्चालनका लागि सडकमा फेरी रङरोगन समेत गरिएको छ, ठाउँठाउँमा बोर्डहरु राखिएका छन् ।

संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि सञ्चालनमा आएको सो बस सेवा दसैँपछि स्थगित भएको थियो । बिहान र बेलुकी आवागमनको उच्च समय (पिक आवर) मा द्रुत बस कम भएको गुनासो आएकाले बसको सङ्ख्या थपेर चलाइएको यातायात व्यवस्था विभागले जनाएको छ  । द्रुत बस पुनः सञ्चालनका लागि सडकमा फेरी रङरोगन समेत गरिएको छ, ठाउँठाउँमा बोर्डहरु राखिएका छन् ।

 

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update