Kath khabar
चलचित्र “यो मन त मेरो नेपाली हो” को छायांकन सुरु, पूर्व राजा ज्ञानेन्द्र शाहले दिए शुभकामना



                     काठमाडौं, मंसिर १२ । चलचित्र “यो मन त मेरो नेपाली हो” को छायांकन सुरु भएको छ । दमकको पशुपतिनाथ मन्दिरमा आज सोमबार पुजा गरेर  शुभमुहूर्तसँगै चलचित्रको छायांकन सुरु गरिएको छ । चलचित्रलाई पूर्व राजा ज्ञानेन्द्र शाहले समेत शुभकामना दिएका छन् ।

यस फिल्मको मुख्य पात्रहरु रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, सञ्जीत भण्डारी, मेग सुवेदी, नारायण खाती आदिको अभिनय रहने छ । पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतिमा मित्र प्रधान (नर) को प्रस्तुतिमा निर्माण हुन् लागेको  चलचित्र “यो मन त मेरो नेपाली हो” ले विदेशमा रहेका नेपालीको मुद्दालाई उठान गर्दैछ ।

अमेरिकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधान (नर) ले निर्देशन गर्नु भएको यस  चलचित्र “यो मन त मेरो नेपाली हो”ले नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्व र नेपाली भाषाको गौरवसँगै नेपाली को हुन् भन्ने विषयवस्तुलाई उठान गर्न खोजेको  निर्देशक  प्रधानले बताउनुभयो । शिवम् अधिकारीको लेखनमा निर्माण हुन लागेको चलचित्रले विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति बिर्संदै गएको हुँदा चलचित्रको माध्यमबाट नेपाली भाषाप्रतिको आकर्षण, महत्व र इतिहास दर्साउन खोजिएको छ ।

चलचित्र “यो मन त मेरो नेपाली हो” मा अमेरीका, म्यानमार, भुटान र इन्डिया गरि चार देशका चार जना नेपाली भाषी अभियन्ताहरू नेपाल आएर, नेपाली भाषाको अध्ययन अनुसन्धान गरि नेपाली भाषाको महत्व, नेपाली विरता र गोर्खालीहरु को हुन् ? नेपालीहरु कसरी भुटान, म्यानमार, इन्डियासम्म पुगे र त्यहाका नेपालीहरुको अवस्था कस्तो छ भनेर यो फिल्मले बोल्दछ । फिल्म विशुद्ध राष्ट्र, राष्ट्रियता र नेपाली भाषा प्रति प्रेरित गर्ने फिल्म रहेको लेखक शिवम् अधिकारीले बताउनु भयो । 

फिल्मको पहिलो छायाँङ्कन पाचथरबाट सुरु गरि झापा हुँदै, सिक्किम, म्यानमार, देहरादुन, क्यानडा, अमेरिका लगायतको देशहरुमा हुनेछ । यस फिल्ममा अध्ययन अनुसन्धान बढि गर्नुपर्ने भएको हुँदा निर्माणमा बढिसमय लाग्न सक्ने निर्माण कम्पनीको अनुमान छ ।

मित्र प्रधान (नर) को कथा तथा निर्देशन रहेको चलचित्र “यो मन त मेरो नेपाली हो” मा दिपक शर्माको संगीत, सौरब लामाको छायांकन, देव महर्जन द्वन्द्व, समिर मियाको भिएफयक्स, कविराज गहतराजको कोरियाग्राफी रहनेछ  । फिल्ममा मुख्य सहायक निर्देशन रामबाबु खड्का, कला निर्देशन रोशन रम्तेल “दिवाना” र निर्माण नियन्त्रक सुमन काफ्लेको रहनेछ । रामबाबु खड्का, कला निर्देशन रोशन रम्तेल “दिवाना “ र निर्माण नियन्त्रक सुमन काफ्लेको रहनेछ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update