Kath khabar
नेपाल सुपर लिग : पोखरा र ललितपुरबीचको खेल गोलरहित बराबरीमा, आज धनगढी र बुटवल लुम्बिनी खेल्दै 

 

                 काठमाडौं, मंसिर १४ ।  नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

बुधवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले केही अवसर बनाए पनि गोल गर्न सकेनन् । यो सँगै दुवै टोलीले १/१ अङ्क बाँडेका छन् । दुवै टोलीले आ-आफ्नो पहिलो खेल जितेका थिए । पहिलो खेलमा ललितपुरले बुटवल लुम्बिनीलाई २-० गोलले र पोखराले एफसी चितवनलाई १-० गोलले हराएको थियो । आजको बराबरीसँगै दुवै टोलीको ४/४ अङ्क भएको छ । 

नेपाल सुपर लिग (एनएसएल) मा आज धनगढी एफसी र बुटवल लुम्बिनी एफसी खेल्नेछन् । यो खेल दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे शुरु हुनेछ । एनएसएलको दोस्रो संस्करणमा ९ टोली सहभागी छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update