Kath khabar
नेपाल सुपर लिग (एनएसएल)मा आज वीरगञ्ज र चितवन खेल्दै 

 

                 काठमाडौं, मंसिर १५ ।  नेपाल सुपर लिग (एनएसएल) मा आज शुक्रवार वीरगञ्ज युनाइटेड एफसी र एफसी चितवन खेल्दैछन् । यो खेल दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे शुरु हुनेछ ।

चितवनले आज तेस्रो र वीरगञ्जले दोस्रो खेल खेल्न लागेका हुन् । चितवन पहिलो खेल पोखरा थन्डर्ससँग पराजित हुँदा दोस्रो खेलमा काठमाण्डौसँग १/१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको थियो । वीरगञ्ज पहिलो खेलमा धनगढीसँग २-१ गोलले पराजित भएको थियो ।

दोस्रो संस्करणको एनएसएल प्रतियोगितामा ९ वटा टोली सहभागी छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update