Kath khabar
पाँचौँ तथा अन्तिम टी-२० क्रिकेटमा अष्ट्रेलियालाई ६ रनले हराउँदै भारत विजयी

 

                   बैंग्लोर, मंसिर १८ ।  अष्ट्रेलियासँगको पाँचौँ तथा अन्तिम टी-२० खेलमा भारत विजयी भएको छ ।  बैंग्लोरमा भएको खेलमा भारत ६ रनले विजयी भएको हो । भारतले दिएको १६१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित ओभरमा ८ विकेट गुमाएर मात्र १५४ रन बनाउन सक्यो  । 

त्यसअघि टस हारेर व्याटिङ गरेको भारतले ८ विकेट गुमाएर १६० रन बनाएको थियो । घरेलु टोली भारतले ५ खेलको टि-२० शृङ्खला १ खेल अगावै जितिसकेको थियो । चौथो खेलमा भारतले अष्ट्रेलियालाई २० रनले हराउँद शृङ्खला आफ्नो पक्षमा पारेको हो ।

भारतसँग पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४४ रनले हारेको अष्ट्रेलिया तेस्रो खेलमा भने ५ विकेटले विजयी भएको थियो । यसअघि भएको एकदिवसीय विश्वकपको उपाधि अष्ट्रेलियाले घरेलु टोली भारतलाई हराउँदै जितेको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update