Kath khabar
नेपाल सुपर लिग (एनएसएल) : ललितपुरसँग बराबरी खेल्दै वीरगञ्जले पहिलो अङ्क जोड्यो आज पोखरा र इलाम खेल्दै

 

                 काठमाडौं, मंसिर २० ।  नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसी र वीरगञ्ज युनाइटेडले बराबरी खेलेका छन् ।

मङ्गलवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा ललितपुर र वीरगञ्जले २-२ गोलको बराबरी खेले । बुटवलका विलियम ओपोकुले १० औँ र कृप कान्त महतोले ५२ औँ मिनेटमा गोल गरे । ललितपुरका इमोह इजिकिएलले १४ औँ र निखिल सुरेशरावले २८ औँ मिनेटमा गोल गरे ।

यो बराबरीसँगै वीरञ्जले एनएसलमा पहिलो अङ्क जोडेको छ । शुरुका २ खेल हारेको वीरगञ्जले आज ललितपुरसँग अङ्क बाँड्यो । वीरगञ्ज अङ्क तालिकाको पुछारमा छ । यो बराबरीसँगै ललितपुरले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । ललितपुर ४ खेलमा ६ अङ्क सहित दोस्रो स्थानमा छ ।

नेपाल सुपर लिग (एनएसएल) मा आज बुधवार पोखरा थन्डर्स र स्पोर्टिङ इलाम एफसी खेल्दैछन् । खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालमा बेलुकी ५ बजे शुरु हुनेछ ।

पोखराले अहिलेसम्म ३ खेल खेलेकोमा १ जित र २ बराबरी सहित ५ अङ्क जोडेको छ । पोखरा तालिकाको तेस्रो स्थानमा छ । आजको खेल जितेमा पोखरालाई शीर्ष स्थानमा उक्लिने मौका छ । इलाम ३ खेलमा १ जित र २ हारसहित ३ अङ्क जोड्दै छैटौँ स्थानमा छ ।

यही मङ्सिर ८ गतेदेखि शुरु भएको दोस्रो संस्करणको एनएसएलमा ९ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा धनगढी एफसी, ललितपुर सिटी एफसी, पोखरा, काठमाण्डौ रेजर्स एफसी, एफसी चितवन, इलाम, एफसी बुटवल लुम्बिनी, झापा एफसी र वीरगञ्ज युनाइटेड एफसी छन् । सबै टोलीले एकअर्कासँग खेलेपछि शीर्ष २ टोलीले क्वालिफायर र तेस्रो र चौथो टोलीले इलिमिनेटर खेल्ने छन् ।

२०७८ सालमा भएको फ्रेन्चाइज लिगको पहिलो संस्करणको उपाधि काठमाण्डौले जितेको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update