Kath khabar
नेपाली खेलाडीहरुको सम्मानमा वरिष्ठ कलाकार हरिवंशको नयाँ खेल गीत



                  काठमाडौं, मंसिर १९ । वरिष्ठ कलाकार हरिवंश आचार्यले नेपाली खेलाडीहरुको सम्मानमा खेल गीत ल्याएका छन् । खेलाडीहरु प्रति समर्पित गर्दै हरिवंशले ‘हामी नेपाली, हाम्रो खेलाडी’ गाएका हुन् । 

स्वीडेनमा रहेका गीतकार डा. दिपराज थापाको शब्द रहेको गीतको भिडियोमा विभिन्न खेलमा लागेका नयाँ-पुराना खेलाडीहरुका यथार्थ श्रव्यृदृश्य समेटिएका छन् । नेपाल टि-२० विश्वकपमा छनौट भएको र नेपालमा खेल प्रतिको इजजत बढिरहेको माहोलमा यो गीत ल्याएको गायक आचार्यले बताए ।

‘गीतकार थापाले खेलाडी सम्बन्धी खेल गीत लेख्नुभएको रहेछ ,’ हरिवंशले भने, ‘मलाई गाइदिनुस् भन्नुभयो । पुराना खेलाडीलाई अहिलेको पुस्ताले बिर्सिसकेको अवस्था उहाँहरु प्रति पनि सम्मान हुने हिसाबले गीत गाएँ । त्यसैले गीतको भिडियोमा पुराना नयाँ खेलाडीहरुले खेलेका रियल दृश्यहरु राखेका छौं । खेलाडीहरु प्रति सम्मान बोकेको यो गीत नेपालको खेल स्टेडियममा पनि बज्छ भन्ने हाम्रो अपेक्षा छ ।’

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update