Kath khabar
नेपाल सुपर लिग : इलामलाई हराउँदै पोखरा शीर्ष स्थानमा, आज चितवन र बुटवल लुम्बिनी खेल्दै

 

                काठमाडौं, मंसिर २१ ।  नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्सले स्पोर्टिङ्ग इलाम एफसीलाई १-० गोलले पराजित गरेको छ । पोखराको लागि सन्जीव विष्टले ४७ औँ मिनेटमा गाल गरे । आजको जितसँगै पोखरा ८ अङ्क सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

४ खेलमा इलामले तेस्रो हार सामना गर्दा पोखराले भने दोस्रो जित निकालेको छ । इलामले एक मात्र जित झापा एफसी माथि निकालेको थियो । यता, अपराजित पोखराले यसअघि एफसी चितवनलाई हराउँदा ललितपुर सिटी र झापासँग बराबरी गरेको थियो । यो जितसँगै पोखरा ८ अङ्क सहित शीर्ष स्थानमा रहँदा इलामको ३ अङ्क छ ।

जितसँगै पोखरा ८ अङ्क सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । इलामको ४ खेलमा ३ अङ्क मात्र रहेको छ । 

नेपाल सुपर लिग फुटबलमा आज फुटबल क्लब चितवन र बुटवल लुम्बिनी खेल्दै छन् । खेल बेलुका ५ बजे दशरथ रङ्गशालामा हुनेछ । चितवनले अहिलेसम्म खेलेका ३ खेलमा एकमा जित, एकमा हार र एकमा बराबरी गरेको छ ।

४ अङ्क जोडेको चितवन अङ्क तालिकामा पाचौँ स्थानमा छ । बुटवल लुम्बिनी भने छैठौँ स्थानमा छ । ३ अङ्क रहेको बुटवल लुम्बिनी ३ खेलमा एकमा जित र दुईमा पराजित भएको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update