Kath khabar
गायक राजीव लोहनीको नयाँ गीत 'लप्सी फेदीमा' सार्वजनिक 

 

                 काठमाडौं, मंसिर २२।  ६० को दशकको सर्वाधिक हिट गीत ‘बलेको आगो जलेको प्रेम...’का गायक राजीव लोहनी नयाँ गीत लिएर केहि बर्षपछि  पुन: नेपाली सांगीतिक बजारमा आएका छन् ।

सन्चारकर्मी एब गीतकार मंदिरा ढुंगेलको शब्द रचना, राजीव लोहनी र अस्मिता अधिकारीको युगल स्वर रहेको ’लप्सी फेदीमा’ गीतलाई  कन्च क्रियटिभको प्रस्तुतीमा म्युजिक नेपालको च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

फरक खालको  गीत संगीत गर्न रुचाउने राजीवद्वारा संगीतबद्ध गीतलाई उनले फरक शैलीको ट्युनमा कम्पोज गरेका छ्न । गीतमा प्रिन्स नेपालीले एरेन्ज गरेका छन् ।

नायिका श्रद्धा क्षेत्री र स्वयम् गायक राजीवले नै अभिनय रहेको भिडियोमा राजीव लाहुरेको भूमिकामा  देखिएका छन् । उनको भिडियोमा श्रद्धासंग केमिस्ट्री जमेको देखिन्छ । सुब्रतराज आचार्यको निर्देशनम बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

२०६० दशककोको शुरुमा ‘टयुन’ र ‘भोकलिस्ट’ गरी दुईवटा एल्बम नेपाली सांगीतिक बजारमा तहल्का मच्चाएका उनको  ‘बलेको आगो जलेको प्रेम...’ बाहेक पनि ‘फूल रोज्दा काँडा पाएँ...’, खुसी आउँछ उमंग लिएर...’, ‘रेटियो मुटु...’ जस्ता  सर्वाधिक रुचाइएका गीतहरुका उनै गायक राजीव ’लप्सी फेदीमा’ गीत पछि पुनः नेपाली सांगीतिक क्षेत्रमा सक्रिय भएर अघि बढ्न खोजेका देखिन्छन  । 

भिडियो लिंकhttps://www.youtube.com/watch?v=0vhUqcQ_0Zk

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update