Kath khabar
यू-१९ एसिया कप : नेपालको खराब ब्याटिङ, ४६ रन बनाउँदा ५ खेलाडी आउट

 

                 दुबई, मंसिर २२ ।  एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेटमा पाकिस्तानसँगको खेलमा नेपालले खराब ब्याटिङ गरेको छ ।

दुबईको आईसीसी एकेडेमी ओभल-२ मा टस हारेर ब्याटिङ गरिरहेको नेपालले १७ ओभरमा ४६ रन बनाउँदा ५ विकेट गुमाएको छ ।

नेपालका अर्जुन कुमाल सर्वाधिक २१ रन बनाएर आउट भए । यस्तै तिलक भण्डारी ७, आकाश त्रिपाठी ६, गुल्शन झा १ कप्तान देव खनाल शून्य रनमा आउट भए । अहिले क्रिजमा उत्तम मगर र दिपेश कँडेल छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update