Kath khabar
एसिसी यू-१९ - अफगानिस्तान विरूद्ध नेपालले पहिले बलिङ गर्दै हेमन्त धामीले एकै ओभरमा लिए अफगानिस्तानको २ विकेट

 

               दुबई, मंसिर २४ ।  एसिसी यू-१९ एसिया कपमा आज नेपालले अफगानिस्तान विरूद्ध पहिले बलिङ गर्दैछ।

युएईको दुबईस्थित आइसिसी एकेडेमी ओभल-२ मा टस जितेको नेपालले पहिले बलिङ गर्दैछ। नेपाल र अफगानिस्तान दुबैले समूह चरणको दोस्रो खेल खेल्दैछन्।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो भने अफगानिस्तान पनि भारतसँग ७ विकेटले पराजित भएको थियो।

सेमिफाइनल सम्भावना जिवित राख्न दुवै देशलाई आजको खेल जित्नुपर्ने दबाव छ। नेपाल र अफगानिस्तान यू-१९ को पछिल्लो ५ भेटमा पाँचै पटक अफगानिस्तान विजयी भएको छ।

आजै हुने समूह ‘ए’को अर्को खेलमा भारत र पाकिस्तान भिड्दै छन्। यी २ टोलीलाई पनि सेमिफाइनलमा स्थान सुरक्षित बनाउन आजको खेल जित्नुपर्ने दबाव छ।

८ देश सम्मिलित जारी प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान समूह ‘ए’मा छन् भने श्रीलंका, बंगलादेश, युएई र जापान समूह ‘बी’मा छन्।

२ समूहको शीर्ष २ टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल जितेका २ टिमले पुस १ गते एसिसी यू-१९ एसिया कपको उपाधिका लागि खेल्नेछन्।

एसिसी यू-१९ एसिया कपमा नेपालका हेमन्त धामीले अफगानिस्तान विरूद्ध लगातार २ विकेट लिएका छन्। उनले सातौं ओभरको तेस्रो बलमा अक्रम मोहम्मदजइ र चौथो बलमा खालिद तानिवालको विकेट लिएका हुन्। खालिद १० र अक्रम मोहम्मदजई शून्य रनमै आउट भएका हुन्।

यसअघि दोस्रो ओभरमै गुल्सन झाले अफगानिस्तानका ओपनर अफगानिस्तानका ओपनर वाफिउल्लाह ताराखिललाई नेपालका गुल्सन झाले दोस्रो ओभरमा आउट गरे। उनले ९ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए।

नेपाली टिमस् देव खनाल (कप्तान), गुल्सन झा, अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे, हेमन्त धामी, , दीपेश कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपिन रावल, तिलक राजभण्डारी, आकाश चन्द र दीपक बोहरा।

 

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update