Kath khabar
एसीसी यू-१९ एसिया कप क्रिकेट : नेपाल आज भारतसँग खेल्दै

 

                 दुबई, मंसिर २६ ।  एसीसी-१९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दैछ । खेल दुबईमा बिहान सवा ११ बजे हुनेछ ।

नेपालले अहिलेसम्म २ खेल खेलेकोमा दुवैमा हार बेहोरेको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग र दोस्रो खेलमा अफगानिस्तानसँग पराजित भएको हो ।

यस्तै, आजै हुने अर्को खेलमा पाकिस्तान र अफगानिस्तान खेल्दैछन् । यो खेल पनि बिहान सवा ११ बजे हुनेछ । २ खेलमा दुवै खेल जितेको पाकिस्तान ४ अङ्क जोडेर समूहको शीर्ष स्थानमा छ । अफगानिस्तानले भने २ खेलमा एकमा जित र एकमा हार बेहोरेको छ ।

प्रतियोगिताको फाइनल खेल आउँदो पुस १ गते हुनेछ ।  

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update