Kath khabar
एसीसी यू-१९ एसिया कप क्रिकेट : भारतसँग ५२ रनमै समेटियो नेपाल 


                    दुबई, मंसिर २६ ।  एसिसी यू-१९ एसिया कप क्रिकेटमा भारत विरुद्ध नेपालले निरीह प्रदर्शन गरेको छ। दुबईको आइसिसी एकेडेमी ओभल-२ मा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल २२ ओभर १ सबै विकेट गुमाउँदै ५२ रनमै समेटियो। 

नेपालका हेमन्त धामीले सर्वाधिक ८ रन बनाए। यस्तै अर्जुन कुमाल र दिपक बोहरा समान ७, गुल्शन झा र दिपेश कँडेल समान ४, कप्तान देव खनाल र सुवाश भण्डारी समान २, दीपक बोहरा १ तथा उत्तम मगर र दीपक डुम्रे शून्य रनमा आउट भए। यस्तै आकाश चन्द ४ रनमा नट आउट रहे। नेपालले १३ रन अतिरिक्त पायो।

बलिङ तर्फ भारतका राज लिम्बानीले ९ ओभर १ बलमा ७ विकेट लिए। यस्तै आराध्य शुक्लाले २ आर्शिन कुलकर्णीले १ विकेट लिए। नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएर प्रतियोगितामा जितविहीन रह्यो। 

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update