Kath khabar
मेनुका पौडेलको ‘सालार’ को गीत रिलिज (भिडियो)

 

                  काठमाडौं, मंसिर २८ । नेपाली गायिका मेनुका पौडेलको बलिउड चलचित्र ‘सालार’ को पहिलो हिन्दी गीत युट्युबमा रिलिज भएको छ ।

बाहुबली अभिनेता प्रभासको अभिनय रहेको उक्त फिल्ममा रहेको गीतले राम्रो प्रतिक्रिया पाईरहेको छ । ‘सूरज ही छाओ बनके’ शीर्षकको लिरिकल भिडियोलाई २ घण्टामै ५ लाखभन्दा बढीले हेरिसकेका छन् ।

इन्डियन आइडल सिजन-१४ मा प्रतिस्पर्धा गरिरहेकी पौडेलले हरेक एपिसोडहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी छिन्, यसैबीच उनलाई पौडेललाई तेलेगु चलचित्र ‘सलार’ मा गाउने अफर आएको थियो । डिसेम्बर २२ मा रिलिज हुने चलचित्रलाई  केजीएफका निर्देशक प्रशान्त निलले निर्देशन गरेका हुन् । 

मनमोहक स्वरकी धनी मेनुका पौडेल उदीयमान गायिका हुन् । उनी नेपाललगायत अहिले भारतमा समेत चर्चित छिन् ।  संगीतमा सानैदेखि प्रतिभाशाली रहेकी मेनुका पौडेलले सन् २०१८ मा नेपाली रियालिटी शो ‘नेपाल आइडल’ मार्फत पहिलो पटक चर्चा पाइन् । त्यसपछि उनले भारतीय टिभी गायन रियालिटी शो ‘सारेगप’ मा सहभागी भइन् ।

सारेगमपमा विश्वभर आफ्नो पहिचान बनाउन सफल भएकी मेनुकाले २०२३ मा भारतको रियालिटि शो 'इन्डियन आइडल सिजन-१४ मा सहभागी भएर सबैको मन जितिन् । इन्डियन आइडलको अडिसनमा उनले गोल्डेन माइक जितेकी थिइन् । उक्त कार्यक्रममा उनले निर्णायकहरूबाट प्रोत्साहनका साथसाथै शतप्रतिशत मत प्राप्त गरिरहेकी छिन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update