Kath khabar
निर्देशक सुनुवारको निर्देशनमा चलचित्र ‘खजुरे ब्रो’ निर्माण हुने

 

                      काठमाडौं, मंसिर २९ । निर्देशक सुरज सुनुवारको निर्देशनमा बन्न लागेको चलचित्र ‘खजुरे ब्रो’ को औपचारिक घोषणा गरिएको छ । दिव्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा बन्न लागेको चलचित्रको युनिटले बंगलामुखी मन्दिर पुगेर शुभ साइत गरेको छ ।

कमेडी जनरामा बन्ने चलचित्रको लेखन पनि स्वयम् निर्देशक सुनुवारको रहेको छ । सुनुवारले ८ वर्ष अघि चलचित्र ‘षडङ्ग’ को निर्देशन गरेका थिए । चलचित्र ‘खजुरे ब्रो’ उनको कमब्याक चलचित्र हुनेछ । नवीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्ने चलचित्रका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । शिशिर बिसंखेले छायांकन गर्ने चलचित्र माघ पहिलो साताबाट फ्लोरमा जानेछ । चलचित्रमा अभिनय गर्ने कलाकार तथा अन्य प्राविधिकहरूको नाम भने निर्माण टिमले गोप्य नै राखेको छ ।

अहिलेको दर्शकहरुको चाहना अनुसार पूर्ण मनोरञ्जन दिने उद्देश्यका साथ चलचित्र निर्माण गर्न लागेको कलाकार तथा निर्माता नवीन मानन्धरले बताए । चलचित्रमा अनमोल गुरुङको संगीत रहने छ । प्रकाश भुजेल युनिट प्रोडक्सन मेनेजर तथा प्रदीप भण्डारी लाइन प्रोडुसर रहेका छन् । चलचित्रको छायांकन इटहरी, धरान, दार्जिलिङ र काठमाडौँमा हुनेछ ।

 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update