Kath khabar
अष्ट्रेलियाले ३६० रनले जित्यो पाकिस्तानसँगको पहिलो टेष्ट क्रिकेट

 

                   काठमाडौं, पुस १ ।  पाकिस्तानसँगको पहिलो टेष्ट क्रिकेट अष्ट्रेलियाले ३६० रनले जितेको छ । अष्ट्रेलियाले दिएको ४५० रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तान आज चौथो दिनमै ८९ रन बनाउँदा अलआउट भयो । उसका लागि साउद सकिलले सर्वाधिक २४ रन बनाए । 

अष्ट्रेलियाका मिचेल स्टार्क र जस हजलउडले ३/३ तथा नाथन लायनले २ विकेट लिए । पहिलो पारीमा अष्ट्र्रेलियाले ४८७ रन बनाउँदा पाकिस्तानले २७१ रन मात्रै बनाएको थियो ।

दोस्रो पारीमा अष्ट्रेलियाले २३३ रन बनाउँदा पारी समाप्तीको घोषणा गरेपछि पाकिस्तानले ४५० रनको लक्ष्य पाएको हो । पाकिस्तान र अष्ट्रेलिया बीच ३ खेलको टेष्ट शृङ्खला भइरहेको हो ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १४:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update