Kath khabar
त्रिविको ४९ औँ दीक्षान्त समारोह आज, १२ हजार ४ सय भन्दा धेरै दीक्षित हुँदै

 

                  काठमाडौं,  पुस २। त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह आज सोमबार हुँदैछ । दशरथ रङ्गशालामा हुने समारोहमा विश्वविद्यालयबाट विभिन्न तह एवं विषयका उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई पदक एवं पुरस्कार प्रदान गरिँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्य र प्रधानमन्त्री पुष्पकमल दाहालको आतिथ्यमा हुने दिक्षान्त समारोह अबको केहीबेरमा सुरु हुनेछ। त्रिभुवन विश्वविद्यालयले यो वर्ष १२ हजार ४१५ जना विद्यार्थी दीक्षित हुन लागेको छन् । २०७९ को असारदेखि २०८० को असार मसान्तसम्म पास भएका ७३ हजार विद्यार्थीमध्ये उक्त सङ्ख्यामा दीक्षित हुन लागेका हुन् ।

यो वर्ष एमफील, स्नातकोत्तर तह र स्नातक तह गरी २६ जना विद्यार्थीलाई विभिन्न विभूषणबाट विभूषित गराइँदैछ। उनीहरूलाई राष्ट्रपतिबाट प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ। त्यस्तै एमफील र पीएचडी तर्फ गरी ११३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरिने छ।

यो वर्षदेखि सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रदान गरिँदै आएको ‘कुलपति पदक’ भने बन्द गरेको छ। लेटर ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्दै आएको त्रिविले उत्कृष्ट विद्यार्थी पाउन गाह्रो भएको भन्दै उक्त पदक बन्द गराएको हो। उक्त पदक बाहेक अन्य पदकहरू भने यथावत् रहेको त्रिविले जनाएको छ।

 

 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update