Kath khabar
‘मनका कुरा विथ वसन्त चौधरी’ प्रसारण गर्दै सिजी इन्टरटेनमेन्ट

 
                  काठमाडौं,  पुस २ ।  सिजी इन्टरटेनमेन्टले आफ्नो स्थापनाको १३ वर्षपछि पुनः सक्रिय रुपमा कार्यक्रमहरु प्रस्तुत गर्ने  भएको छ। 

विभिन्न गीत, छोटा चलचित्र तथा कथानक चलचित्र उत्पादन र प्रसारण गरिसकेको सिजी इन्टरटेनमेन्टले अब आफ्नो युट्युब च्यानल शुरु गर्न लागेको हो।

हरेक दिन केही न केही नयाँ खुराक प्रस्तुत गर्ने योजना अनुसार यही डिसेम्बर २२ देखि हरेक शुक्रबार साँझ ८ बजे वसन्त चौधरीले प्रस्तुत गर्ने कार्यक्रम ‘मनका कुरा विथ वसन्त चौधरी’ नियमित प्रसारण हुने बताइएको छ।

उक्त कार्यक्रममा विभिन्न क्षेत्रका चर्चित व्यक्तिहरुसँग अन्तरंग कुराकानी प्रस्तुत हुनेछ। सो कार्यक्रम उत्पादन गर्नका लागि सिजी इन्टरटेनमेन्टले आफ्नो छुट्टै स्टुडियोको स्थापना समेत गरिसकेको संस्थाका सह-अध्यक्ष हरिहर शर्माले जानकारी दिए।

हाल ‘मनका कुरा विथ बसन्त चौधरी’ उत्पादन र प्रसारण गर्न लागेको सिजी इन्टरटेनमेन्टले आगामी जनवरी देखि अन्य कार्यक्रम पनि शुरु गर्ने तयारी गरेको  बताएको छ।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update