Kath khabar
नेपाल सुपर लिग : आज ललितपुर र इलाम तथा पोखरा र बुटवल लुम्बिनी खेल्दै

 

                  काठमाडौं, पुस ३ ।  नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज २ खेल हुँदैछन् । आज ललितपुर सिटी एफसी र स्पोर्टिङ इलाम तथा पोखरा थन्डर्स र बुटबल लुम्बिनी एफसी बीच खेल हुनेछ ।

ललितपुर ६ खेलमा १० अङ्ककासाथ तालिकाको तेस्रो स्थानमा छ । आजको खेल जितेमा शीर्ष स्थानमा पुग्नेछ । इलाम भने ७ खेलमा ५ अङ्क सहित पुछारमा छ ।

यस्तै, बेलुका ५ बजे बुटवल लुम्बिनी र पोखराको खेल हुनेछ । पोखरा ६ खेलमा ११ अङ्ककासाथ दोस्रो स्थानमा छ । पोखरालाई पनि आजको खेल जितेमा शीर्ष स्थानमा पुग्ने मौका छ । बुटवल लुम्बिनीको ६ खेलमा ७ अङ्क छ । तालिकाको छैटौँ स्थानमा छ ।

हिजो साविक विजेता काठमाडौं रेन्जर्ससँग बराबरी खेलेको धनगढी ६ खेलमा १२ अङ्ककासाथ शीर्ष स्थानमा छ ।

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update