Kath khabar
नेपाल सुपर लिग : इलामले ललितपुरलाई १-० गोलले हरायो, पोखरा र बुटवल लुम्बिनी खेल्दै

 

                 काठमाडौं, पुस ३ ।  नेपाल सुपर लिग (एनएसएल) मा स्पोर्टिङ इलाम एफसीले ललितपुर सिटी एफसीलाई हराएको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा इलामले ललितपुरलाई १-० गोलले हरायो । ललितपुरका फोडे कमाराले खेलको ५९ औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

यो जितसँगै इलाम ८ खेलमा ८ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । ललितपुर ७ खेलमा १० अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ ।


 

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update