Kath khabar
प्रभासको फिल्म ‘सालार’ को ओपनिङ आक्रामक, दुई दिनमा कमायो यति करोड

 

                     काठमाडौं, पुस  ८ । साउथका सुपरस्टार प्रभासको बहुप्रतिक्षित फिल्म 'सालार' ले रिलिजसँगै भारतीय बक्स अफिसमा कब्जा जमाएको छ ।

२२ डिसेम्बरमा रिलिज भएको ‘सलार’ ले पछिल्लो दुई दिनमा भारतीय बक्स अफिसमा कुल १४५.७० करोड कमाउन सफल भएको छ ।

प्रभास र पृथ्वी सुकुमारनको मूख्य भूमिका भएको फिल्म ‘सालार पार्ट १ः सीजफायर’ क्राइम थ्रिलर फिल्म मिथकीय शहर खानसारमा आधारित छ । एक्सन, थ्रिलर र ड्रामाले भरिपूर्ण प्रभास स्टारर फिल्म 'सलार' तेलुगु भाषाको एक्शन फिल्म हो, जुन हिन्दी सहित अन्य ५ भाषामा एकैसाथ रिलिज भएको छ ।

प्रशान्त नीलले लेखन तथा निर्देशन गरेको यो चलचित्रलाई विजय किरागान्दुरले निर्माण गरेका हुन् । यसमा प्रभास र पृथ्वीराज सुकुमारन, श्रुति हासन, जगपति बाबु, बबी सिम्हा, टिनु आनन्द, ईश्वरी राव, श्रिया रेड्डी र रामचन्द्र राजु लगायतका कलाकारहरू छन् ।

काल्पनिक डिस्टोपियन सहर-राज्य खानसारमा सेट गरिएको, यो फिल्म आदिवासी देवा (प्रभास) र खानसारका राजकुमार वर्धा (पृथ्वीराज) बीचको मित्रताको कथामा आधारित छ । फिल्म एक्सन प्याक, षड्यन्त्र र विद्रोहको पृष्ठभूमिमा आधारित छ।

यो फिल्मको बारेमा अहिलेसम्म आएका सबै समीक्षा सकारात्मक छन् । ‘बाहुबली’ पछि प्रभासको ‘साहो’, ‘राधे श्याम’ र ‘आदिपुरुष’ बक्स अफिसमा सफल भएनन्, यद्यपि यी सबै फिल्म बिग बजेटका थिए । तर, ‘सलार’ को प्रारम्भिक प्रदर्शनले प्रभासको करियरलाई नयाँ उचाइ दिन सक्ने संकेत गरिरहेको छ ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update