Kath khabar
मण्डला नाटक घरमा मञ्चन हुने नाटक 'पगला घोडा' को टिजर सार्वजनिक


                   काठमाडौं, पुस १० । पुस १२ गतेबाट मण्डला नाटक घरमा मञ्चन हुने नाटक 'पगला घोडा' को टिजर सार्वजनिक गरिएको छ ।

ओएसआर डिजिटल मार्फत नाटकको टिजर गरिएको हो । निकै आकर्षक प्रस्तुति रहेको टिजरलाई पिक्सेल स्क्वायरले निर्माण गरेको हो । थिएटर आकारको प्रस्तुति रहेको उक्त नाटक पुस १२ गतेबाट माघ ६ गतेसम्म सोमबार बाहेक हरेक दिन मञ्चन हुनेछ साथै शनिवार भने दुई सो राखिएको  छ ।  

भारतीय सुप्रसिद्ध नाटककार बादल सरकारको कथा रहेको यस नाटक नेपाली भाषामा अनुवाद गर्दै मञ्चन गर्न लागिएको हो । नाटकको नेपाली अनुवाद शिव खाँड ठकुरीले गरेका हुन् । उनलाई अनुवादमा आलेख सुपरिवेक्षककोरूपमा कलाकार तथा निर्देशक आशान्त शर्माले सहयोग गरेका छन् ।

नाटकलाई निर्देशक घनश्याम श्रेष्ठले निर्देशन गर्दैछन् । मञ्चमा भने कलाकारहरू प्रमोद अग्रहरी, मलिका महत, आशान्त शर्मा, विजय ताम्राकार, बिम्ब अधिकारी लगायत देखिने छन् । नाटकमा सुष्मा कोइराला सहायक निर्देशक र  शंकर भण्डारी स्टेज म्यानेजरकोरूपमा रहेका छन् ।

२०६८ सालमा स्थापना भएको थिएटर आकारले थुप्रै नाटकहरू मञ्चन गरिसकेको छ । 'अनुहार हराएको', 'बिम्बाको सपना', 'यो कुनै बास हो एक', 'बेड नम्बर ९९' , 'तीन  बहिनी', सोलो म्युजिकल प्रस्तुति (भरत नाट्यम्) लगायत रहेका छन् ।   

 

 

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update