Kath khabar
बाथरोगीहरुले जाडोमा जोर्नीको दुखाइ कम गर्न अपनाउनुहोस् यी घरेलु उपायहरु

 

                     काठमाडौं, पुस १० । चिसो मौसम सुरु हुनासाथ मानिसहरु शरिर दुख्ने समस्याबाट पीडित हुन्छन् । अझ बाथ रोगीहरुलाई जाडो मौसममा जोर्नीको दुखाइ बढ्छ ।

बाथ रोगीहरुमा जोर्नीशोथका लक्षणहरू जस्तै सुन्निने, दुख्ने र कडा हुने हुन्छ । चिसो मौसममा यसले थप पीडा दिन्छ । जोर्नी सुन्निने र हिँडडुल गर्न निकै गाह्रो हुने गर्छ । जोर्नीको दुखाईबाट राहत पाउनको लागि यस्ता घरेलु उपाय अपनाउन सकिन्छ ।

जोर्नीको दुखाई कम गर्नका लागि जोर्नीमा बेसारको पेस्ट लगाउनु होस् । जोर्नी दुखाइ कम गर्न, लसुन पनि प्रयोग गर्न सकिन्छ । यसले तपाईंलाई धेरै राहत दिन्छ । लसुनमा डायल डाइसल्फाइड पाइन्छ । जसले तपाईको जोर्नी दुखाइलाई धेरै हदसम्म कम गर्छ।

मेथी धेरै चीजहरू निको पार्न लाभदायक छ । यसलाई तताएर जोर्नीको दुखाईमा लगाउन सकिन्छ । मेथीको दाना  चपाएर खाँदा पनि फाइदा हुन्छ । क्यास्टर तेलले तपाईंको जोर्नी दुखाइलाई नियन्त्रण गर्छ । हल्का हातले जोर्नीमा यो तेल लगाउनु होस् । दुखाईबाट राहत पाउनको लागि सुत्नुअघि मनतातो पानी पिउनुहोस् । यसले जोर्नी सुन्निन कम गर्छ ।

 

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update