Kath khabar
नेपाल सुपर लिग : डिफेन्डिङ च्याम्पियन काठमाडौं ललितपुरसँग ३-० ले पराजित

 

                    काठमाडौं, पुस ११ ।  डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को एलिमिनेटरबाटै बाहिरिएको छ ।

मङ्गलवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा ललितपुर सिटी एफसीसँगको खेलमा काठमाडौं ३-० गोलले पराजित भयो । ललितपुरका इमोह इजेकिलले खेलको ३६ औँ र ५२ औँ तथा पाबा केबेले ४४ औँ मिनेटमा गोल गरे ।

यो जितसँगै ललितपुर दोस्रो क्वालिफायरमा पुगेको छ । अब ललितपुरले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा बिहीवार पोखरा थन्डर्ससँग खेल्नेछ । सोमवार भएको पहिलो क्वालिफायरमा पोखरालाई हराउँदै धनगढी सिटी एफसी फाइनलमा पुगेको थियो । फाइनल खेल आउँदो शनिवार हुनेछ ।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update