Kath khabar
समिक्षा र गौरवको अभिनयमा प्रविण वेडवालको ‘कलिलो यौवन’ सार्वजनिक



                      काठमाडौं, पुस ११ । गायक प्रविण वेडवालको स्वरमा रहेको ‘कलिलो यौवन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा केपी आचार्यको शब्द, इन्द्र राज परियारको संगीत  रहेको छ । गीतको एरेन्ज भने आदेश गुरुमाचन को छ ।

गीतमा प्रेम र प्रेमील जोड बिचको हृदयविदारक अवस्थालाई चित्रण गरिएको छ । युदिन योञ्जनको छायांकन, विजय राज भुर्तेलको सम्पादन तथा निर्देशन रहेको छ । गीतको भिडियोमा समिर राईको कन्सेप्ट रहेको छ ।

आफूलाई माया गरेको प्रेमीलाई जीवनमा सजाउने सपना राख्दा राख्दै जीवन त्याग गरेका प्रेमीको मृत्युको भएको अवस्थालाई गीतमा समेटिएको छ । समीक्षा पोखरेल, गौरव पहरी र सागर गैरेको अभिनय देख्न सकिन्छ ।


प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update