Kath khabar
अब तीन दिन भित्र सवारी लाइसेन्स पाइने

 

                         काठमाडौं, पुस १२ । अब अध्ययन तथा रोजगारी र शान्ति मिसनका लागि विदेश जाने नेपालीले तीन दिनभित्र सवारी चालक अनुमति पत्र पाउने यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका अनुसार लाइसेन्स शीघ्र प्रिन्ट गर्न १५ पुस २०८० देखि निवेदन दिन सकिने भएको छ । निवेदन स्वीकृत भएको मितिले ३ दिनभित्र स्मार्ट कार्ड छपाइ गरी वितरण हुने विभागले जनाएको छ । यस्तो कार्ड विभागको सहायता कक्षबाट वितरण हुनेछ ।

निवेदकले सवारी चालक अनुमति पत्र लिन आउँदा उक्त पोर्टलमा अपलोड गरेका कागजातको सक्कल प्रति र अनलाइन निवेदनको प्रिन्ट लिई विभागमा जानु पर्ने समेत सूचनामा उल्लेख छ । निवेदन http://applydinew.dptm.gov.np मार्फत दिन सकिनेछ । तीन कार्यदिन भित्र कार्ड छपाइ गर्ने लक्ष्यमा विभागले ‘प्राविधिक समस्या नआएमा’ भन्ने शर्त समेत राखेको छ । 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update