Kath khabar
नेपाल सुपर लिग : उपाधिका लागि आज ललितपुर र धनगढी खेल्दै

 

                     काठमाडौं, पुस १४ ।  नेपाल सुपर लिग (एनएसएल) को उपाधिका लागि आज ललितपुर सिटी एफसी र धनगढी एफसी खेल्दैछन् । फाइनल खेल दशरथ रंगशालामा बेलुका साढे ५ बजे शुरु हुनेछ । धनगढीले पहिलो क्वालिफायरमा पोखरा थन्डर्सलाई पेनाल्टीमा हराएको थियो ।

त्यस्तै, ललितपुरले दोस्रो क्वालिफायरमा पोखरालाई नै हराएर उपाधि नजिकै पुगेको हो । एनएसएलको नयाँ ट्रफी हिजो सार्वजनिक गरिएको छ । दोस्रो संस्करणको एनएसएलमा ९ टोली सहभागी थिए ।

उपाधि विजेताले ७० लाख रुपैयाँ र उपविजेताले २० लाख रुपैयाँ पुरस्कार पाउने नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update