Kath khabar
नेपालमा पनि भेटियो कोभिडको जेएन.१ सब भेरियन्ट


                      काठमाडौं, पुस २४ । कोरोना भारइसको नयाँ सव-भेरियन्ट ‘जेएन.१’ नेपालमा पनि देखिएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय छिमेकी मुलुक भारत र चीनसहित विश्वका विभिन्न देशमा देखिएको नयाँ सब भेरियन्ट जेएन.१ नेपालमा पनि फेला परेको जनाएको हो ।

आइतबार देशको विभिन्न ठाउँहरूबाट संकलित नमूनाहरूमध्ये १६ वटा पोजेटिभ नमूनाहरूको जिनोम सिक्वेन्सिङ गर्दा ७ वटा नमूनामा जेएन.१ पुष्टि भएको हो । नयाँ भेरियन्ट भनिएको जेएन.१ पनि ओमिक्रोनकै सब भेरियन्ट हो।

मन्त्रालयले संक्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरु, स्वास्थ्य कार्यालयहरूलाई मार्फत आवश्यक स्क्रीनिङ र निगरानी निरन्तर गर्न आग्रह गरेको छ। संक्रमणको फैलावट रोकथाम गर्नका लागि जनस्वास्थ्यको मापदण्डहरू (भीडभाडमा नजान, भौतिक दुरी कायम गर्न, मास्कको प्रयोग गर्न, र साबुनपानीले हात धुन) पनि मन्त्रालयले आग्रह गरेको छ। पछिल्लो समय छिमेकी भारतमा पनि जेएन.१ भेरियन्ट सक्रिय हुँदा संक्रमितको संख्या बढेको छ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update