Kath khabar
अब एसईई परीक्षामा उत्तीर्ण हुन ३५ प्रतिशत ल्याउनै पर्ने

 

                   काठमाडौं, पुस २५ । यस वर्षदेखि एसइईमा सबै विषयमा ३५ प्रतिशत ल्याउनै पर्ने प्रावधान राखिएको छ । यसअघि ग्रेडिङ सिस्टम थियो, अब ग्रेडिङ नहुने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । अहिलेसम्म रजिस्ट्रेसन भर्ने विद्यार्थीको संख्या चार लाख ८९ हजार ४४४ जना रहेको कार्यालयले जनाएको छ ।

यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो हप्तादेखि हुने भएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार परीक्षा हुने बताए ।

‘यो वर्षको एसईई क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता हुन्छ । माघको पहिलो हप्ता रुटिन निकाल्छौ,’ उनले भने । संसदमा छलफलको क्रममा रहेको शिक्षा विधेयकमा एसईई नरहेकाले हुने नहुने भन्ने खालको अन्योलमा नपर्न अनुरोध गरे । अध्यक्ष शर्माले विधेयक पास भएर कानुन नबनेसम्म परीक्षा हुने स्पष्ट पारेका हुन्।

शिक्षा ऐनमा सर्टिफिकेट बोर्डले वितरण गर्ने भएकाले केन्द्रबाट रुटिन सार्वजनिक गरिएको र व्यवस्थापन प्रदेशले गर्न उनले बताए । भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पठनपाठन सञ्चालन भइरहेकोले एसईई प्रभावित नहुने उनले बताए ।

 

 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update