Kath khabar
सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने सरकारको तयारी

 

                       काठमाडौं, पुस २६ ।  सरकारले राष्ट्रिय फलफुलको रुपमा सुन्तलालाई घोषणा गर्ने तयारी गरेको छ ।

पौष २४ गते मंगलबार ‘संघ, प्रदेश र स्थानीय तह (समन्वयन तथा अन्तरसम्बन्ध) ऐन २०७७’ को व्यवस्था अनुसारको विषयगत समितिको बैठकमा सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने छलफल भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि क्षेत्रमा लगानी दशकको घोषणा र सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारीबारे प्रदेश सरकारका कृषि मन्त्री र सचिवहरूसँग छलफल गरेको हो । यस्तै सोही बैठकमा कृषि क्षेत्रमा लगानी दशक घोषणा गर्ने सम्बन्धमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update