Kath khabar
साढे दुई लाख बढी अर्डर डेलिभरी गर्दै ’पठाओ सुपरफेस्ट- २०२३’ सम्पन्न


                         काठमाडौं, पुस २७ । पठाओ नेपालको ’पठाओ सुपरफेस्ट- २०२३’ सम्पन्न भएको छ । २१ दिनको सुपरफेस्ट अवधिमा करिब साढे दुई लाखभन्दा बढी अर्डर डेलिभरी गरिएको पठाओका प्रवक्ता शशांक शमशेर थापाले जानकारी दिए । सामान्य दिनमा पठाओ हिरोहरूले औसत दैनिक ९०० रुपैयाँ कमाउँदै आएकोमा सुपरफेस्ट अवधिमा दैनिक एक हजार चार सय रुपैयाँ पुगेको थापाले बताए  ।

'अफर यस्तो बबाल, ब्रह्माण्ड नै लोभिन्छ’ भन्ने नारा सहित पुस ५ देखि सुपरफेस्ट सुरू गरिएको थियो । सुपरफेस्टमा सम्राट प्रसाद शाह भाग्यशाली विजेता बनेका छन् । सुपरफेस्ट अवधिमा पठाओको सेवा उपभोग गर्नेहरू मध्येबाट लक्की ड्र मार्फत भाग्यशाली बिजेता बनेका शाहलाई बम्पर उपहारमा ५५ इन्चको ४के एमआई स्मार्ट एन्ड्रोइड टिभी दिइएको थापाले जानकारी दिए ।

पठाओले सुपरफेस्टको नारा बमोजिम केही दिनदेखि एलियन भेषमा पठाओको लोगो अंकित कपडा र झोलासहित काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरूमा केही व्यक्तिहरूलाई उभ्याएको थियो । कम्पनीले यसलाई गुरिल्ला मार्केटिङ भनेको छ । जुन नेपालमै पहिलो पटक गरिएको कम्पनीले जनाएको छ ।

एलियनहरू पठाओको सुपरफेस्ट देखेर ब्रह्माण्डबाटै फुड खान आएको थिममा कम्पनीले यस्तो प्रचार गरेको थियो । सुपरफेस्टमा पठाओ फुडमा मात्र अफरहरू नभएर राइडहरूमा पनि टन्नै रमाइला अफरहरू दिइएको थियो । कम्पनीले बाइक तथा कार राइड र पठाओ फुडमा ८० प्रतिशतसम्म छुट दिइएको दिइएको थियो । यस फेस्टमा १ प्लेटमा २० वटा मःमः,  फ्राइज किन्दा बर्गर फ्री, झोल किन्दा मःमः फ्री, एक रुपैयाँमै पिज्जा/ बर्गर/ मःमः/ बिर्यानी लगायत सोच्नै नसकिने अफरहरू राखिएको थियो ।

थापाका अनुसार, अफरहरू हरेक दिन बिहान ९ बजेदेखि राति ९ बजेसम्म फ्ल्याश सेल्स तथा रेष्टुराँ अर्डरहरूमा ८० प्रतिशतसम्मको छुटजस्ता लोभलाग्दा अफर र पठाओ फुडमा निशुल्क डेलिभरीको सुविधा समेत दिइएको थियो । साथै ग्राहकहरूलाई हरेक अर्डरमा स्योरशट प्राइजको स्क्र्याच कार्ड दिइएको थियो । कम्पनीका अनुसार, सुपरफेस्टमा वेस्ट पठाओ हिरोहरूले साइकल, मोबाइल फोन, ज्याकेट, इन्स्योरेन्स पोलिसी लगायतका उपहार जितेका छन् । सुपरफेस्टमा ५० जनाभन्दा बढीले ६ महिनाको इन्टरनेट सब्स्क्रिप्सन, एमआई एयरबड्स, एमआई फोन, डोल्पो ज्याकेट लगायत जितेका छन् ।

यस्तै १० जना पठाओ हिरोलाई स्मार्ट फोन, ज्याकेट समेत जितेको थापाले जानकारी दिए । सुपरफेस्ट अवधिमा रेष्टुरेन्टहरूमा ग्राहकको भन्दा पठाओ हिरोहरूको भिड देखिएको थियो । कम्पनीले यसअघि पनि विभिन्न फेस्टहरू सम्पन्न गरेको थियो । ती फेस्टहरू भन्दा सुपरफेस्टमा ग्राहकहरूको बढी आकर्षण देखिएको थापाले बताए ।

अंग्रेजी नयाँ वर्ष र क्रिसमसको अवसरमा पठाओले ’पठाओ सुपरफेस्ट–२०२३’ सुपरफेस्ट आयोजना गरेको थियो ।
 

 

 

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update