१५ गतेदेखि त्रिभुवन विश्वविद्यालयमा ट्रान्सक्रिप्ट लगायतका सेवा अनलाइनबाटै
                        
                        
                                                
                                                    
                                अनलाइन प्रणाली शुरु भएपछि विद्यार्थीले परीक्षा नियन्त्रण कार्यालयमा धाइरहनु पर्दैन । शुल्क तिर्न बैङ्कमा लाम पनि बस्नु पर्दैन । विद्यार्थीले घरैबाट कागजात पेश गर्न र शुल्क पनि अनलाइनबाटै तिर्न सक्ने विश्वविद्यालयले जनाएको छ
                            
                                            
                                                                    
काठमाडौं, माघ ३ । त्रिभुवन विश्वविद्यालयले आउँदो माघ १५ गतेदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सनलगायत सेवा अनलाइनबाट दिने भएको छ । विश्वविद्यालयको केन्द्रीय परीक्षा सञ्चालक समितिको हिजोको बैठकले यस्तो निर्णय गरेको हो ।
परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूले दिने सेवाहरू अब अनलाइनबाटै पाइने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।
अनलाइन प्रणाली शुरु भएपछि विद्यार्थीले परीक्षा नियन्त्रण कार्यालयमा धाइरहनु पर्दैन । शुल्क तिर्न बैङ्कमा लाम पनि बस्नु पर्दैन । विद्यार्थीले घरैबाट कागजात पेश गर्न र शुल्क पनि अनलाइनबाटै तिर्न सक्ने विश्वविद्यालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १२:१३
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
