Kath khabar
यु-१९ विश्वकप क्रिकेटमा आज न्युजिल्याण्डसँग पहिलो खेल्दै नेपाल

 

                     काठमाडौं, माघ ७ । आईसीसी यू-१९ विश्वकप क्रिकेटमा नेपालले आज न्यूजिल्याण्डसँग पहिलो खेल खेल्दैछ । खेल नेपाली समय अनुसार अपरान्ह १ः ४५ बजेदेखि सुरु हुनेछ । न्युजिल्याण्ड र नेपाल दुवैले यस संस्करणको पहिलो खेल खेल्दैछन् ।

प्रतियोगितामा नेपाल सहित १६ वटा टोलीको सहभागिता जनाएका छन् । समुह ‘डी’ मा रहेको नेपालले आठौं पटक विश्वकप खेल्दैछ । नेपालसँगै समूह ‘डी’ मा पाकिस्तान, अफगानिस्तान र न्युजिल्याण्ड रहेका छन् ।

यू–१९ विश्वकपमा यसअघि न्यूजिल्याण्डविरुद्ध २ पटक खेलेको नेपालले दुवै खेलमा जित निकालेको छ ।  नेपालले दोस्रो खेल जनवरी २४ मा पाकिस्तानसँग र २७ मा अफगानिस्तानसँग तेस्रो खेल खेल्नेछ । 

नेपाली टिम
देव खनाल (कप्तान), गुल्सनकुमार झा, अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, दिपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दिपक बोहरा, दीपक बोहरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द ।

न्यूजिल्याण्ड टिम
ओस्कर ज्याक्सन (कप्तान), मासन क्लार्क, साम क्लोड, ज्याक कमिङ, रहमान हेक्मत, टम जोन्स, जेम्स नेल्सन, स्नेहिथ रेड्डी, म्याट रो, इवाल्ड श्रुडर, लाचलान स्ट्याकपोल, ओलिभर टेवाटिया, एलेक्स थम्पसन, रायन सोर्गास, ल्यूक वाटसन ।

 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update