Kath khabar
लाइसेन्सको ट्रायल दिंदा अब सबैले आफ्नै सवारी साधन प्रयोग गर्न पाइने

 

                       काठमाडौं, माघ ८ । अब सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा आफ्नै सवारी साधन प्रयोग गर्न पाइने भएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रले आइतबार एक पत्र जारी गर्दै लाइसेन्सको ट्रायल दिँदा परीक्षार्थीलाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न दिन पाउने व्यवस्था मिलाउन सातै प्रदेश सरकारलाई निर्देशन दिएसँगै यस्तो सुविधा पाइने भएको हो ।  

'सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ लगायत कुनै पनि नेपाल कानूनमा परीक्षार्थीले प्रशिक्षण केन्द्रकै सवारी साधन प्रयोग गर्नुपर्ने किसिमका बाध्यात्मक व्यवस्था उल्लेख भएको नदेखिएकोले आम परीक्षार्थीहरूको गुनासो सम्बोधन गर्न ट्रायल दिने परीक्षार्थीहरूलाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन निर्देशन दिइएको ब्यहोरा अनुरोध छ,' केन्द्रले पठाएको पत्रमा लेखिएको छ ।

माघ ५ गतेको सचिवस्तरीय निर्णय र भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३८ को (छ) अनुसार सतर्कता केन्द्रले निर्देशन दिएको बताइएको छ । केन्द्रले दिएको निर्देशन कार्यान्वयन भएमा सेवाग्राहीलाई सहज हुने अपेक्षा गरिएको छ ।

 

 

 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update