Kath khabar
यू–१९ विश्वकपमा टस जितेर ब्याटिङ गर्दै नेपाल

 

                      काठमाडौं, माघ १० । आईसीसी यू-१९ विश्वकपमा नेपालले पाकिस्तानविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ ।

दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा भएको टसमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो ।

नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । ओपनर दीपक बोहोरा, मध्यक्रम ब्याटर दिपक बोहोरा र स्पिनर तिलकराज भण्डारी टोलीबाट बाहिर रहेका छन् । विपिन रावल, दीपक डुम्रे र दुर्गेश गुप्ता टोलीमा आएका छन् । नेपाललाई अर्को चरणसम्म पुग्न आजको खेल निकै महत्त्वपूर्ण रहेको छ ।

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update